आइतवार, श्रावण २४ गते २०८३

टंकको सिर्जनामा प्रविशाले गाइन् मनै रुवाउने गीत ‘तिमि जे सुकै गर’

सोमवार , भाद्र २१, २०७८

काठमाडौं। लोकप्रिय गायक टंक तिमिल्सैनाको ‘तिमि जे सुकै गर’ बोलको गीत सार्वजनिक भएको छ। यो गीत उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। गीतमा गायिका प्रविशा अधिकारीले आवाज दिएकी छन्।

गीतमा शब्द र संगीत तिमिल्सैनाको हो। गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन्। भिडियोमा आश्मा बस्नेत र टंकले अभिनय गरेका छन्। प्रेममा विछोडपछिको पिडादायीक क्षणलाई प्रश्तुत गरिएको छ।

गीतका शब्द–शब्दले मन छोएको दर्शक–स्रोताले प्रतिक्रिया दिएका छन्। यो गीत सार्वजनिक भएलगत्तै ट्रेन्डिङमा समेत परेको छ। यो समाचार तयार पार्दासम्म युट्युबको नेपाल टे«न्डिङ १८ औंमा छ। हालसम्म यो गीत ८४ हजार बढि पटक हेरिएको छ। भिडियो करिव ७ हजार बढि लाइक छ, भने ५ सय बिढ प्रतिक्रिया आएका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार