बुधवार, आश्विन १४ गते २०८३

एमालेका युवाले जलाए बालेनको पुत्ला

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौँ । नेकपा एमालेका युवा विद्यार्थीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन (बालेन्द्र शाह) को पुत्ला जलाएका छन् । 

बिहीबार रास्वपा कार्यक्रमका क्रममा दाङ एमालेको झण्डा जलाएको विरोधमा उनीहरूले शुक्रबार काठमाडौंमा बालेनको पुत्ला जलाएका हुन् । 

काठमाडौंको प्रदर्शनीमार्गमा बालेनको पुत्ला जलाउँदै एमालेका युवा विद्यार्थीले राँके जुलुस समेत निकालेका छन् । एमालेको झण्डा जलाउनेलाई अबिलम्ब कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

शुक्रबार दिउँसो दाङ प्रहरीले एमालेको झण्डा जलाएको आरोपमा तुलसीपुर-७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार