शैली न्युज
काठमाडौं, फागुन १३ गते
सरकारले २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ । मन्त्रिपषिद्को हिजो बसेको बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको हो ।
उक्त बैठकको निर्णयहरु सार्वजनिक गर्दै बुधबार सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको लागि फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने समेत बताउनुभयो । पत्रकार सम्मेलनमा अर्यालले मन्त्रिपरिषद्का २५ वटा निर्णयहरुबारे जानकारी गराउनुभएको थियो ।