बुधवार, आश्विन १४ गते २०८३

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय नारायण कोइराला

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौँ । सुर्खेतको लाटिकोइलीमा बि.स २०३२ साल जेठ १२ गते जन्मिएका नारायण कोइराला बौद्धिक, तार्किक, शालिन अध्ययनशील एवं परिपक्व नेताका रूपमा परिचित छन ।  
हरेक विषयमा दख्खल राख्न चाहने स्वभावका कोइराला समसामयिक राजनीतिक–सामाजिक विषय प्रति गहिरो धारणा प्रस्तुत गर्ने क्षमताका कारण उनी युवामाझ लोकप्रिय छन । उनी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचमा सुर्खेत क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा छन । 
स्कूले जीवन देखिनै नेतृत्व क्षमताको विकास गर्दै आएका कोइरालाले २०४७ सालमा नेपाल विद्यार्र्थी संघको सदस्यता लिएर औपचारिक राजनीति यात्रा सुरु गरेका हुुन । 
मजासिलो स्वभाव, संगठनप्रतिको इमान्दारी र सक्रिय भूमिका कारण सानै उमेरमा उनले तत्कालीन लाटीकोइली गाउँ कमिटी सदस्यका रूपमा काम गर्ने अवसर पाए । 
वि.पि कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता नेपाली कांग्रेसका मुर्धन्य नेताहरूलाई राजनीतिक आदर्श मान्ने कोइराला उनीहरूकै विचार, सिद्धान्त र मूल्य मान्यतालाई आत्मसात् गर्दै कांग्रेसको राजनीतिमा निरन्तर योगदान दिदैै आएका छन् । सैद्धान्तिक स्पष्टता र व्यवहारिक क्षमताको संयोजन नै उनको राजनीति पहिचान बनेको छ ।
नेपाल तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुँदै २०५८ सालमा नेपाल तरुण दल सुर्खेतको अध्यक्ष बनेका कोइरालाले संगठनलाई नयाँ ऊर्जा प्रदान गरे ।  कांग्रेस वा अन्य कुनै पार्टीमा आवद्ध छु भनेर खुलेर भन्नपनि डराउनुपर्ने  र बजारदेखि घर टाढा भएको अवस्थामा आफ्नै गाउँघरमा वास वस्दापनि डराउनुपर्ने अवस्था थियो ।
तत्कालीन अवस्थामा तरूण दलको जिल्ला अध्यक्षका रूपमा कांग्रेसको नीति सिद्धान्त र विचारप्रति तरुण युवाहरूलाई थप आर्कषित गर्ने मात्र नभइ सिँंगो संगठनलाइ सक्रिय, अनुशासित र परिणाममुखी बनाउँदै एक स्थापित तरुण नेताको छवि निर्माण गरे । त्यस समयदेखि उनी युवाको नेतृत्वका रूपमा चिनिन थाले ।
२०४६ सालको जनआन्दोलनदेखि २०६२\०६३ को ऐतिहासिक जनआन्दोलनसम्म लोकतन्त्र स्थापनाका सबै आन्दोलनमा कोइरालाको सक्रिय र अग्रणी भूमिका रह्यो । आन्दोलनको कठिन घडीमा सडकमा उत्रनु मात्र होइन, संगठनलाई एकताबद्ध राख्ने र कार्यकर्तालाई हौसला दिने जिम्मेवारीेसमेत उनले कुशलतापूर्वक निर्वाह गरे । 
 तत्कालीन राजा ज्ञानेन्द्रले दलमाथि प्रतिवन्ध लगाउने गरी राजनीतिक गतिविधिमा बन्देज लगाउँदै शासन सत्ता कब्जामा लगेर आम नागरिकलाई सूचनाको हकबाट  वञ्चित गराउने प्रपञ्च रचेको तत्कालीन अवस्थामा सामुदायिक रेडियो भेरीको स्टेशन म्यानेजर तथा कार्यक्रम प्रस्तोताका रूपमा समेत उनले लोकतन्त्र, संविधान र नागरिक अधिकारका पक्षमा निरन्तर बुलन्द रूपमा आवाज मुखरित गरिरहे । 
 तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को बीबीसी नेपाली सेवाबाट अन्तरवार्ता प्रशारण नगर्न देशभरीका एफ एम स्टेशनहरूमा सैनिक जर्नेलहरूको ठाडो आदेश र ज्यानको समेत जोखिम मोलेर रेडियो भेरीबाट उक्त अन्तरवार्ता प्रशारण गराउने उनको एकल साहसले लोकतन्त्रप्रतिको निष्ठालाई थप प्रमाणित गर्छ ।

सुर्खेती कांग्रेसका कार्यकर्ताहरूको नजरमा संगठन विस्तारमा घामपानी भोकप्यास नभनी खटिराख्ने नेताका रूपमा हृदयराम थानी हुन । उमेर र अनुभवले खारएिका उनै थानीको अटुट सहयात्री र सहयोगीका रूपमा हरदम साथमा रहँदै पूर्वको नेटा रझेनादेखि पश्चिमको गुटु चैकुनेसम्म धाउँदै गर्दा नारायण कोइरालाले पनि धेरै जुत्ता फटाएका छन् । 
संगठन निर्माणमा हिडेको हिडै गर्ने थानीको त्यही बानीमा अभ्यस्त कोइरालाले जिल्लामा पार्टी संगठन मजबुत बनाउन ठुुलो योगदान दिएका छन । 
थानीको नेतृत्व, मार्गदर्शन र अनुभवसँगै काम गर्दै उनले सुर्खेतका गाउँ–गाउँमा संगठन विस्तार, कार्यकर्ता परिचालन र समस्या पहिचानमा निरन्तर भूमिका निर्वाह गरे ।  २०६७ सालमा सम्पन्न नेपाली कांग्रेसको १२औँ महाधिवेशनबाट उनी सुर्खेत निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय उपसभापति निर्वाचित भए । 
त्यसपछि क्षेत्रीय सभापति कमलराज रेग्मीसँग सहकार्य गर्दै उनले क्षेत्र नं २ का तत्कालीन गाविसहरुमा संगठन विस्तार र पार्टी संरचना सुदृढीकरणमा निरन्तर खटिए । 
संगठन निर्माणसँगै विकास र आन्दोलनमा पनि अग्रपंक्तिमा उभिएका कोइरालाले २०६२\०६३ को जनआन्दोलनमा खेलेको भूमिका आज पनि कार्यकर्तामाझ स्मरणीय छ । 
पश्चिम सुर्खेतका उत्तर–पूर्वी गाउँहरूमा व्याप्त गरिबी, अभाव र विकासको तिर्खालाई नजिकबाट बुझेका उनी २०७२ सालमा सम्पन्न १३औँ महाधिवेशनबाट क्षेत्रीय सभापतीमा निर्वाचित भए ।
२०७२ सालमा तत्कालीन सरकारले कर्णालीलाई सुदूरपश्चिममा गाभ्ने गरी ल्याएको ६ प्रदेशको खाका विरुद्ध सुर्खेतमा भएको आन्दोलनमा कोइरालाको भूमिका अग्रणी रहेको छ  ।  त्यस आन्दोलनको दबाब स्वरूप अन्ततः सरकारले दश जिल्लाहरुको कर्णाली प्रदेश र अस्थायी राजधानी सुर्खेत घोषणा गर्न बाध्य भयो ।
२०७५ सालमा छोटो समयका लागि सुर्खेत उपत्यका विकास समितिकोे अध्यक्षका रूपमा उनले बुलबुले उद्यानको गुरुयोजना निर्माण र त्यसको व्यवस्थित विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे । 
पार्टीप्रतिको निष्ठा र लगावको उच्च मूल्याङ्कन गर्दै नेपाली कांग्रेसले उनलाई पहिलो पटक प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ । सधैँ अरूलाई जनप्रतिनिधिको रुपमा अघि सार्दै आएका कोइराला यसपटक भने आफैँ जनताको माझ उभिएका छन् । 
बी.पी कोइरालाको दूरदर्शशिता, गणेशमान सिंहको अविचलन, किसुनजीको सादगी र गरिजा बाबुको छिटो निर्णय क्षमताबाट प्रेरित कोइराला अहिले सुर्खेतमा नेपाली कांग्रेस राजनीतिको मियोका रूपमा स्थापित छन् । 
यिनै आदर्श, अनुभव र जनअपेक्षाका आधारमा नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं२ बाट कोइरालालाई उम्मेदवार बनाएको छ । 
उम्मेदवार बनेसँगै उनी हाल गाउँ–गाउँ, टोल–टोलमा पुग्दै जनताको दुःख–सुख बुझ्ने घरदैलो अभियानमा व्यस्त छन् ।
३२ वर्षभन्दा लामो राजनीतिक यात्रामा संगठन, आन्दोलन, शिक्षा र विकासलाई  एउटै धारमा अघि बढाएका नारायण कोइराला अनुभव र ऊर्जाको सन्तुलित नेतृत्व हुन् । 
नयाँ पुुस्ता(जेन्जी) आन्दोलनपछि परिवर्तन भएको राजनीतिक चेतनालाई नजिकबाट बुझेका उनी युवापुस्ताको आशा, भरोसा र विश्वासको केन्द्र बन्दै गएका छन् ।
पढाइमा अब्बल र सधैँ नयाँ कुरा सक्नि रुचाउने कोइरालाले दुईवटा विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।
पश्चिम सुर्खेतको सबै भुगोल पुगेका कोइरालाले त्यहाँको वस्तुस्थितिलाई राम्रोसँंग बुझेका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार