काठमाडौँ । बिष्णुबहादुुर खड्का आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा छन् ।
बि.स २०२४ सालमा सुर्खेतमा जन्मिएका खड्कालाई नेपाली कांग्रेसले सुर्खेत क्षेत्रं १ बाट पहिलो पटक उम्मेदारी बनाएको छ ।
बि.स २०४६ साल देखि निरन्तर विभिन्न परिवर्तन आन्दोलनमा अहम भुमिका निर्वाह गदै आएका खड्का नेपाली कांग्रेस १० औ महधिवेनमा साविकको वीनपा ८ हाल ७ नम्बर वडा सभापति निर्वाचित भई काम गरेका थिए ।
नेपाली कांग्रेसको १४औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित र नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति भएर उनले काम गरेका छन । लामोसमयदेखि उनी पार्टीमा आवद्ध भई काम गदै आएका छन् ।
उनले राजनीतिसँगै व्यापार व्यवसाय सञ्चालन गदै आएका छन । २०३६ सालमा देशमा बहुदल की निर्दल भन्ने विषयमा बहस भइरहँदा उनी बहुदलको पक्षमा उभिएका थिए । त्यो बेला उनले देशमा बहुदल चाहिन्छ भन्दै राँके जुलुस गर्ने, भित्ते लेखन गर्ने र बहुदलको पक्षमा पर्चा टेम्पलेट छपाएर वितरण गर्ने लगाएका काम गरेका थिए ।
यस्तै काठमाडौ सुर्खेत बसको टिकट कोटा निर्धारण गरी निशुल्क सेवा सञ्चालन गरेका थिए । २०४६ सालको जनआन्दोलनमा अग्रभागमा रहेर सुर्खेतमा आन्दोलन थालेका विष्णुले त्यो बेला पहिलो पटक ११ दिन र दोस्रो पटक २६ दिन हिरासतमा बसेका थिए । व्यवसायिक क्षेत्रमा सक्रिय रहेका उनले मध्यपश्चिम यातायातको अध्यक्ष भई काम गरेका थिए ।
२०४२ सालमा सुर्खेतको वीरेन्द्रनगरमा माया मेडिकल व्यवसाय सुरु गरेका विष्णु अहिले माया अस्पतालका सञ्चालन हुन् ।
माया मेडिकल संचालन गरी उनले गरीब असायहरुलाई निशुल्क उपचार प्रदान गदै आएका छन । भेरी गंगा नपा छिन्चुबजारमा समेत माया मेडिकलको शाखा विस्तार गरी सञ्चालनमा छ ।
माया मेडिकल मार्फत भारतको सामरा हस्पिटल सम्म पनि आर्थिक समस्यामा रहेका कर्णालीका जनतालाई निशुुल्क सेवा प्रदान गरेको छ । यस्तै २०५० सालदेखि सुर्खेतमा पहिलो पटक मध्यपश्चिम यातायात व्यवसायी संघ स्थापना गरेका उनी संघको संस्थापक समेत हुन् ।हाल मध्यपश्चिम यातायात प्रालिको अध्यक्षसमेत रहेका उनी विगत २३ वर्षदेखि यो संस्थाको नेतृत्वमा रहेर काम गर्दै आएका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय उपाध्यक्षसमेत भइसकेका विष्णुले यातायात, अस्पताल, पेट्रोल पम्प, औषधि डिलर लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् ।
सोही क्षेत्रबाट करिब ८०० बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको दाबी गर्छन् । राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत खड्का सक्रिय छन ।