काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघनमा संलग्न रहेको आरोपमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, सरकारी कर्मचारी तथा शिक्षकलाई जरिवाना र विभागीय कारवाही गर्ने निर्णय गरेको छ ।
आचारसंहिता विपरित गतिविधि गरेको आरोपमा आयोगले नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्ति बहादुर बस्नेतलाई पच्चीस हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
मनोनयन दर्ताका लागि बाजागाजा बजाउँदै सो क्रममा उपस्थित व्यक्तिलाई पाँच सय रुपैयाँको नोटहरु प्रदान गरेको उजुरी आयोगमा परेको थियो ।
बस्नेतको उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) विपरीत रहेको बताउँदै जरिवानाको निर्णय गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले बताउनुभयो ।