आइतवार, श्रावण २४ गते २०८३

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिनको रुपमा मनाइँदै

मंगलवार , भाद्र २२, २०७८

काठमाडौं। आज कुशे औँसी। आजको दिनलाई बुवाको मुख हेर्ने दिनका रुपमा देशभर मनाइँदै छ। भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा चलिआएको छ।

यसैविच आज काठमाडौंको उत्तर-पूर्वमा रहेको गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिनेहरूको भीड लागेको छ। बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष यस्तै भीड लाग्ने गर्छ। बुबाको निधन भएकाहरू यस दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ। आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने धार्मिक मान्यता छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार