काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन निजिकिदै गर्दा नेपाली कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । विभिन्न पार्टी परित्याग गरेर पुरानो पार्टी कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै गएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)कर्णाली प्रदेशको महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत पार्टी सहित ११ जना परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुसँगै रास्वपा छाडेका दर्जनौं व्यक्तिलाई खादा मालाले स्वागत गरे । पछिल्लो समय रास्वपा छाडेर कांग्रेस प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
रास्व कर्णाली प्रदेशबाट महामन्त्री र उपसभापति बस्नेत सहित ११ जना एकै दिन कांग्रेसमा प्रवेशन गरेका हुन ।
रास्वापाले प्राथमिक चुुनावमा ५० हजार रुपियाँ प्रत्यक्ष निर्वाचनमा २५ हजार रुपियाँ लगेको तर यसको लेखाजोखा प्रदेश र जिल्लाले नदेखाएको महामन्त्री विकको भनाई छ । रास्वपा बनाउछौ भनेर आएका व्यक्तिलाई आत्म लगानी भएर पुरानै पार्टीमा फर्कनुुपरेको उनले जानकारी दिईन ।
प्रदेशकै महामन्त्री र सँगै प्रदेश राजधानीको कार्यवाहक सभापति काँग्रेस प्रवेश गरेपछि चुनावको मुखमा रास्वपालाई ठूलो धक्का पुगेको छ ।
शनिवार मात्र डा पुष्प खरालले रास्वपाबाट राजिनामा दिएका थिए । पछिल्लो समय रास्वपापा छाडेर कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ ।अन्य पार्टीले कांग्रेसलाई समर्थन गदै आएका छन ।