बुधवार, आश्विन १४ गते २०८३
प्रतिनिधि सभा निर्वाचन, २०८२

कांग्रेसलाई मत दिएर विजयी गराउन पूर्व कार्यवाहक सभापति खड्काको अपिल

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका निर्वतमान कार्यवहाक सभापति पुर्णबहादुर खड्काले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सवैलाई भोट हाल्न अनुरोध गरेका छन । 

खड्काले आइतबार सामाजिक सञ्जालमार्फत फागुुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह्र रुखमा भोट हालेर विजय गराउन अनुरोध गरेका हुन ।
 ‘‘यो निर्वाचनमा म उम्मेदार किन उठ्दै छैन त्यसको कारण माघ ६ गतेको दिन सामाजिक सञ्जालमार्फत सवैलाई प्रष्ट पारिसकेको छु ’’खड्काले फेसबुकमा लेखेका छन । 
 आगामी बिहिबार बिहान ७ बजेदेखि सुरु हुने मतदान केन्द्रमा गई प्रनिधि सभाको प्रत्यक्ष र समानुुपातिक तर्फका दुवै मतपत्रमा नेपाली कांग्रेसको चुुनाव चिन्ह्र रुखमा स्वस्तिक छापको लालमोहर लगाई भारी बहुमतका साथ विजय गराउन खड्काले सवै मतदातालाई आह्वान गरेका छन् ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार