बिहिवार, आश्विन १५ गते २०८३

३९ वर्षदेखि कोमामा रहेका फ्रान्सेली फुटबल खेलाडीको मृत्यु

मंगलवार , भाद्र २२, २०७८

काठमाडौं। फ्रान्सको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी जाँ–पिएर आडम्सको  मृत्यु भएको छ। तर उनि ३९ वर्षदेखी अचेत अवस्था अर्थात कोमामा रहेका थिए। ३९ वर्षसम्म कोमामा रहेका उनको ७३ वर्षको उमेरमा मृत्यु भएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार सन् १९८२ को मार्चमा घुँडाको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका आडम्स अचेत बनाउन प्रयोग गरिने औषधिको मात्रा नमिलेकाले त्यसपछि कहिल्यै चेतनामा आएनन्। सेनगलमा जन्मिएका उनले नीस र पीएसजी क्लबका लागि रक्षकका भूमिकामा १४० भन्दा बढी खेल खेलेका थिए।

दुवै क्लबले उनको मृत्युपछि वक्तव्य जारी गरी शोक प्रकट गरेका छन्। आडम्सले फ्रान्सका लागि सन् १९७२ देखि १९७६ सम्म २२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनले नीम क्लबका लागि ८४ वटा खेल खेलेका थिए। आडम्सलाई १५ महिनापछि अस्पतालबाट नीमस्थित घर पठाइएपछि उनकी पत्नी बेर्नाडेटले उनको हेरचाह गर्दै आएकी थिइनन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार