बुधवार, आश्विन १४ गते २०८३
प्रतिनिधि सभा सदस्य निर्वाचन

नयाँ भवन बनेपनि मुख्य हलमा बस्न पाउने छैन संसदको पहिलो बैठक

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम अनितम चरणमा पुगेको छ । धनुषाको एउटा क्षेत्रको प्राविधिक समस्याबाहेक प्रत्यक्षतर्फ १६४ वटै निर्वाचन क्षेत्रको मत परिणाम आइसकेको छ ।

समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मत गणना सकिएसँगै सिट बाँडफाड गरेर सांसदलाई प्रमाणपत्र दिने तयारीमा निर्वाच्न आयोग जुटेको छ ।

तर संसदको पहिलो बैठक सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको मुख्य हलमा बस्न पाउने छैन् । किनकी उक्त हलको निर्माण कार्य अझै सम्पन्न भएको  छैन । 

निर्माण कार्य अन्तिम चरणमा पुगे पनि प्रतिनिधिसभाको मुख्य हल प्राविधिक कारणले तत्काल सञ्चालन गर्न नसकिने भएपछि सोही भवनभित्रको वैकल्पिक हलबाट बैठक सञ्चालन गर्ने तयारी गरिएको छ । संसद भवनको हालको भौतिक निर्माण कार्य करिब ९४ प्रतिशत सकिएको छ ।

सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक एवं विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार प्रतिनिधिसभाको मुख्य हलमा फल्स सिलिङ र अडियो–भिडियो सिस्टम जडानको काम बाँकी रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार