काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पु¥याएको छ । निर्वाचनमा कुन एक करोड दश लाखको हाराहारीमा मतदान भएको प्रारम्भिक अनुमान छ ।
जसमध्ये एक करोड आठ लाख भन्दा बढी मत गणना भइसकेको छ । आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार अबको एक दुई घण्टाभित्रमा मतगणना सम्पन्न हुनेछ । गणना भएर सदर भएको कुल मत मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले पचास लाख भन्दा धेरै मत ल्याएर पहिलो स्थानमा छ ।
त्यस्तै नेपाली कांग्रेस दोस्रो स्थानमा, एमाले तेश्रो स्थानमा तथा नेपाल कम्युनिष्ट पार्टी चौथो स्थानमा छ । समानुपातिक मतको हिसाबले चार महिना मात्रै गठन भएको राष्ट्रिय श्रम शक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ र छैटौं स्थानमा छन् ।