बुधवार, आश्विन १४ गते २०८३

प्रत्यक्षमा ५.४५ प्रतिशत, समानुपातिकमा ३.९५ प्रतिशत मत बदर

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत मत बदर भएको छ ।

निर्वाचन आयोगले विहिबार सार्वजनिक गरोको विवरण अनुसार समानुपातिकतर्फ भने ३.९५ प्रतिशत मात्रै मत बदर भएको छ । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ८९ लाख तिन हजार ६८९ मतदाता थिए ।

जसमध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको थियो । प्रत्यक्षतर्फ भएको मतदानमा एक करोड पाँच लाख ५९ हजार १७ मत सदर भएको थियो । यो कुल मतदान भएको मतको ९४.५५ प्रतिशत हो । यस अनुसार प्रत्यक्षतर्फ ५.४५ प्रतिशत मत बदर भएको छ । 

आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो । यसमध्ये एक करोड ८ लाख ३५ हजार २५ मत सदर भएको छ । 

यो समानुपातिकतर्फ भएको मतदानको ९६.०५ प्रतिशत हो । समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको छ । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार