बुधवार, आश्विन १४ गते २०८३

प्रत्यक्षमा भन्दा समानुपातिक प्रणालीतर्फ किन भयो धेरै मतदान ?

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा प्रत्यक्षत तर्फ भन्दा समानुपातिकतर्फ धेरै मतदान भएको देखिएको छ । आयोगले उपलब्ध गराएको विरणमा यस्तो देखाएको हो । 

मतदानको लागि कुल एक करोड ८९ लाख तिन हजार ६८९ मतदाता योग्य थिए । जसमध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको थियो ।

तर समानुपातिकत निर्वाच्न प्रणालीतर्फ भने एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो ।

प्रत्यक्षतर्फ कुल मतदानमध्ये एक करोड पाँच लाख ५९ हजार १७ मत सदर भएको थियो । यो कुल मतदान भएको मतको ९४.५५ प्रतिशत हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ८ लाख ३५ हजार २५ मत सदर भएको छ । यो समानुपातिकतर्फ भएको मतदानको ९६.०५ प्रतिशत हो । 

आयोगले सरकारी तथा निजामति सेवामा कार्यरत कर्मचारीलाई कार्यस्थलबाटै समानुपातिकर्फको मतदान प्रणालीमा मतदान गर्न पाउने व्यवस्था गरेका कारण समानुपातिकमा धेरै मतदान भएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार