आइतवार, श्रावण २४ गते २०८३

अभिनेत्री ऋचा शर्मा बनिन् आमा

बुधवार , भाद्र २३, २०७८

काठमाडौं। अभिनेत्री ऋचा आमा बनेकी छन् । उनले बुधबार विहान छोरालाई जन्म दिएकी हुन्।  काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चा र आमा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

थुप्रै नेपाली चलचित्रमा अभिनय गरेकी अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको भूमिकामा थिइन्। उनको प्रसुतिको समय नजिकिएपछि उनले शोबाट विश्राम लिएकी थिइन्। ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार