आइतवार, श्रावण २४ गते २०८३

दिउँसै मापसे, १६ चालक कारबाहीमा

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकमाथिको चेकजाँचलाई ट्राफिक प्रहरीले तिब्रता दिएको छ ।

यसअघि राती ८ बजेपछि मात्रै मापसे चेकिङ गर्दै आएको ट्राफिक प्रहरीले भने दिउँसो पनि मापसे चेकिङ गर्न सुरु गरेको छ ।

चेकजाँचको क्रममा बुधबार मात्रै १६ चालक कारबाहीमा परेका छन् । सर्वसाधारणबाट गुनासो आउन थालेपछि दिउँसो पनि मापसे चेकिङ सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

यसरी मापसे गर्नेहरूलाई ट्राफिक प्रहरीले गाडीसहित रामशाहपथस्थित  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याएको छ । उनीहरूलाई त्यहाँबाट सम्बन्धित प्रहरी युनिटमा पठाइनेछ । कारबाहीका लागि पठाइने एसएसपी अधिकारीले बताए ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार