शुक्रवार, आश्विन १६ गते २०८३

दीपक भट्ट दश दिन हिरासतमै

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भट्टलाई विहिबार पक्राउ गरेको थियो ।

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा रहेका व्यवसायी दीपक भट्ट दश दिन हिरासतमै रहनेभएका छन् । 

विभागको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भट्टलाई विहिबार पक्राउ गरेको थियो ।  भट्टलाई विभागले बिहीबार नै जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

अदालतले उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा १४ को उपदफा २ र ३ बमोजिम उनको पक्राउ पुर्जीको समर्थन गरेको छ ।


सम्पत्ति शद्धीकरण अनुसन्धान विभागले व्यवसायी भट्टमाथि लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । यसअघि सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा अध्यागमन विभागले मंगलबार भट्टको राहदानीलाई रोक्का राखेको थियो ।


स्रोतका अनुसार प्रहरीले बोलाएपछि भट्ट सीआईबीको कार्यालयमा गएको र प्रहरीले उनलाई त्यहीँ पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको थियो । उनले बीमा ऐन, २०७९ को दफा १४० उल्लंघन गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार तथा अन्य क्षेत्रमा लगानी गरी कसुरबाट प्राप्त सम्पत्ति गैरकानुनी स्रोत लुकाउने, छल्ने र प्रकृति बदल्ने जस्ता सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्य गरेको अभियोग विभागले लगाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार