काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रमम घाइते भएकाहरुको अवस्थाबारे गृहमन्त्री सुधन गुरुङले जानकारी लिएका छन् ।
काठमाडौँ मेडिकल कलेजमा पुगेर उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए ।
मन्त्री गुरुङ गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्ने बित्तिकै सिधै केएमसी अस्पताल पुगेका थिए । डा. सुनिल शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था समेत बुझेका थिए ।
अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा शर्माले बताए ।