काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा पक्राउ गरेको छ ।
विभागको आग्रहमा प्रहरीले अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो ।
अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेबाट बयान लिएको थियो । बयान नसकिएका कारण अग्रवाललाई प्रहरीले जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।
ललितपुर परिसरका प्रवक्ता एसपी गौतम मिश्रले अग्रवाल परिसरको हिरासतमा रहेको पुष्टि गरे । ‘उहाँलाई हामीले पक्राउ गरेका होइनौं, सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा राख्न पठाएको हो,’ उनले भने ।