आइतवार, श्रावण २४ गते २०८३

फेवाताल छेउको अबैध संरचनामा महानगरको डोजर, स्थानीयको विरोध

शनिवार , चैत्र २१, २०८२

पोखरा । फेवातालको छेउमा बनेका अबैध संरचनामा पोखरा महानगरपालिकाले डोजर लगाको छ । ती संरचनामा डोजर चलाएपछि स्थानीयवासीले विरोध गरेका छन् ।

शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेको थियो । 

डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीयले विरोध गरेका छन् । वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार