आइतवार, श्रावण २४ गते २०८३

कांग्रेसको आधिकारिकता विवादको आज पेसी

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादबारेमा आज पेसी तोकिएको छ ।  यो विवाद सर्वोच्च अदालतमा बिचाराधिन छ । 

यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो । त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए । 

आज दुवै तर्फका कांग्रेस नेताहरु अदालतमा भेट्ने भएका छन् । उपसभापति विश्व प्रकाश शर्मा बहसका लागि सर्वोच्च अदालत जाने भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार