काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले त्काल गर्नुुपर्ने कामको चेक लिस्ट तयार गर्न ऊर्जा मन्त्रीको निर्देशन दिएका छन ।
नेपाल विद्युत प्राधिकरण, जल तथा ऊर्जा आयोगको सचिवालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको नेतृत्वहरूसँगको छलफलमा उनले सो निर्देशन दिएका हुन् ।
चालु आर्थिक वर्षको बाँकी रहेको अवधिभित्रै पूरा गर्न सकिने योजना तथा कार्यक्रमलाई तदारुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले तत्काल गर्नुपर्ने कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन ।
कुनै कार्यक्रमलाई बजेट अभाव भई सम्पन्न गर्न कठिन भइरहेको स्थिति छ भने त्यस्तो अवस्थामा आफू सहजीकरण गर्न तयार रहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।