शुक्रवार, आश्विन १६ गते २०८३

वीर अस्पतालका लेखा अधिकृतलाई ९३ हजारको भ्रष्टाचार मुद्दा

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

दाहालले घुस÷रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

लेखा अधिकृत दाहालले बिभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा एक लाख २० हजार आठ सय ५० रुपियाँ घुस लिएको अवस्थामा आयोगले केहि समयअघि नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा  दाहालले ९३ हजार आठ सय पचास रुपैंया घुस लिएको पुष्टि भएको थियो । आयोगले दाहाललाई सोही रकम बराबर बिगो कायम गरि भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार