आइतवार, श्रावण २४ गते २०८३

सतिष चापागाँइको शब्दमा ‘सरकार चाहियो’ लाई रामजिको निर्देशन

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं। ‘सरकार चाहियो’ बोलको गीत सार्वजनिक भएको छ ।

अमेरिकामा अस्दै आएका पत्रकार सतिष चापागाँईको शब्द रहेको गीतमा गायक शिशिर योगीले आवाज दिएका छन् । ग्रीतमा बीबी अनुरागीको संगीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ छ ।

गीतको भिडियोमा कलाकार सुरवीर पण्डित, रश्मी भट्ट र चिरञ्जीवि सापको (जिबी चिरन) को अभिनय रहेको छ । भिडियो
सञ्चारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका छन् । लामो समय रंग पत्रकारिता गरेको ज्ञवाली अहिले निर्देशनमा व्यस्त छन् । उनले यसअघि पनि थुप्रै गीत तथा छाटो चलचित्र (सर्ट मुभी) निर्देशन गरिसकेका छन् ।

उनले ‘एक लभ’ ‘यात्रा’ ‘आइएम सरी’ ‘को हौ तिमि’ लगाएतका सर्ट मुभी पनि निर्देशन गरिसकेका छन्। गीत नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार