आइतवार, श्रावण २४ गते २०८३

विद्यार्थी संगठन खारेज भए ट्रेड युनियन कुण्ठित– नेकपा

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । विद्यार्थी संगठन खारेज गरिए जनता र ट्रेड युनियन कुण्ठित हुने नेपाली  कम्युनिष्ट पार्टीले निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

सरकारले आफ्ना १ सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो । उक्त निर्णयप्रति राजनीतिक दलका संगठनहरूले आपत्ति जनाउँदै आएका छन् ।

केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक ३ वैशाखमा बस्नेछ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार