आइतवार, श्रावण २४ गते २०८३

रमजानको अवसरमा यूएईमा १२८ नेपालीलाई आममाफी

बुधवार , बैशाख २, २०८३

काठमाडौं । संयुक्च अरब इमिरेट्स (यूएई) मा विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीले आम माफी पाएका छन् ।

 रमजानको अवसर पारेर उनीहरुलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

‘पवित्र रमजानको शुभ अवसरमा १२८ नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकारले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


मन्त्रालयले जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धमा थप सौहार्दता प्रदर्शन गरी मानवनीय आधारमा माफी दिएकोमा आभार व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालले यस कार्यको उच्च मूल्यांक गर्न पनि उल्लेख गरेको छ । नेपाल सरकारको आग्रहअनुसार यूएईको अबुधाबीमामा रहेको नेपाली दूतावासको समन्वयपछि माफी दिइएको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार