आइतवार, श्रावण २४ गते २०८३

गृहमन्त्रीबारे बोल्यो कांग्रेस– उच्च स्तरिय छानबनि समिति गठन गर्न माग

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र विवादित व्यापारीसँगको साँटगाँठका सम्बन्धमा उठेका विषयम उच्च स्तरिय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

कांग्रेसले सोमबार विज्ञप्ति जारी गरेर यस्तो माग गरेको हो । 

गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको बताउँदै कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ– यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो । त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । 

अतः नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ,गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस् । यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पु¥याउनेछ– पार्टी प्रवक्ता देवराव चालिसेद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

nepali congress.jfif
undefined

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार