मंगलवार, आश्विन १३ गते २०८३

आफ्ना सांसदहरुलाई एमाले अध्यक्ष ओलीको यस्तो निर्देशन

आइतवार , भाद्र २७, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले सांसदहरुलाई पार्टीको मर्यादाबाहिर नजान निर्देशन दिएका छन्। सांसदहरुलाई प्रशिक्षित गर्न भन्दै आइतबार राखिएको संसदीय दलको बैठकमा पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न ओलीले सांसदहरुलाई निर्देशन दिए। 

शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमाले सांसदहरुले रोष्टममा चढ्ने प्रयास गरेका थिए भने गृहमन्त्रीको माइक खोसेका थिए। त्यसको चर्को आलोचना भएपछि एमालेले सांसदहरुलाई प्रशिक्षित गर्न संसदीय दलको बैठक राखेको हो।

बैठकमा अध्यक्ष ओलीले संसदीय मर्यादाभित्र बसेर मात्र विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । वेलमा जाने र तोकिएको नारा मात्र लगाउने पार्टीको निर्धारित कार्यक्रम रहेको भन्दै उनले भने, ‘म माननीयजीहरुलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरु छन् । त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौं ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार