काठमाडौं। नेकपा एमालेले सर्वदलिय बैठक बहिस्कार गर्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गर्ने भएको छ। एमालेलेको निरन्तर संसद अवरोधका कारण सभामुखले छलफल गरेर संसद अवरोध हटाउन सर्वदलिय बैठक बोलाएका थिए।
एमालेबाट विद्रोह गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी हुने भएपछि एमालेले बैठकमा नजाने निर्णय गरेको हो। विवाद एमालेसँग भएकाले अन्य दलसँग छलफल गरेर समाधान नहुने एमाले जनाएको छ।