मंगलवार, आश्विन १३ गते २०८३

अवतरणका बेला टर्किस एयरलाइन्सको जहाजमा आगो देखिएपछि …

सोमवार , बैशाख २८, २०८३


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो लागेको छ ।

इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । ‘घटनामा सबै यात्रु सुरक्षित रहेका छन्,’ सिलवालले भने ।

अहिले रनवे बन्द गरेर विमानलाई ट्याक्सी(वे तर्फ लैजाने प्रयास भइरहेको उनले जानकारी दिए । यसपछि विमानको प्राविधिक जाँच गरिने पनि सिलवालले जानकारी दिए ।

विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । विमानमा संयुक्त राष्ट्र संघका कूटनीतिज्ञहरु समेत सवार रहेको एसपी सिलवालको भनाई छ ।

यसअघि २०७१ सालमा पनि टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना भएको थियो । जसमा कुनै मानविय क्षति नभए पनि त्रिभुवन विमानस्थल ४ दिनसम्म बन्द हुन पुगेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार