मंगलवार, आश्विन १३ गते २०८३

एमालेले भन्यो : सरकारले महत्व नदिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भिर संकट आयो

बुधवार , भाद्र ३०, २०७८

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले बजेट पास गर्न महत्व नदिँदा वित्तिय संकट निम्तिएको बताएको छ। सरकारको हेलचक्रयाइका कारण सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको जिकिर एमालेले गरेको छ। 

एमाले महासचिव ईश्वर पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा सरकार सत्ता स्वार्थमा अलमलिँदा अहिलेको अवस्था आएको आरोप लगाइएको छ। विज्ञप्तिमा लेखिएको छ, ‘बजेट पारित गर्ने प्रमुख दायित्व रहने बर्षे अधिवेशन, बजेट अध्यादेश अलपत्र पारेर हठात अन्त्य गरियो।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री तोक्ने र प्रतिनिधिसभा पुनस्र्थापित गर्ने निर्णय गरेपछि मुलुकमा विषम परिस्थिति सिर्जना हुनपुगेको एमालेको ठहर छ। प्रचार गरिएजस्तो आफूहरुको संसद अवरोधले बजेट पारित गर्न कुनै समस्या नभएको एमालेको दाबी छ।

सरकारले प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । बजेट पास नहुँदा आज रातिदेखी सरकारी खर्च गर्न नमिल्ने भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार