मंगलवार, आश्विन १३ गते २०८३

के भीम रावलले (नेकपा एस)को विधान मस्यौदा तयार गरेका हुन्?

बिहिवार , भाद्र ३१, २०७८

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले आफूलाई नेकपा एकीकृत समाजवादी पार्टीको विधान मस्यौदा तयार गरेको भनी गरिएको प्रचार निराधार रहेको बताएका छन्। डोटीमा भएको एक कार्यक्रममा आफूले पार्टी विभाजन नहुने गरी सहमति गरेर जाउँ भनेर नै कार्यदलको नेतृत्व गरेको उनले बताए।

‘मैले माधव नेपाल कमरेडसँग कुरा गर्दा उहाँले नै सहमति जनाउनु भएको हो, १० बुँदे तयार भइसकेपछि पनि मैले उहाँसंग छलफल गरेर नै हस्ताक्षर गरेको हुँ ।’ १० बुँदे सहमति भइसकेपछि नयाँ पार्टीको बिधान तयार गर्नु पर्ने कुरा कारण छैन।’ रावलले भने। रावलले पार्टी फुट्नु आफैमा दु:खद भएको बताउँदै नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन १० बुँदे सहमतिको पूर्ण रुपमा कार्यान्वयन गर्न–गराउन पनि आफूहरू पार्टी नेतृत्वसँ लागि परेको बताए।

रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार