आइतवार, श्रावण २४ गते २०८३

किम्फको २३ औं संस्करण बुधबारदेख काठमाडौँमा

बुधवार , जेठ १३, २०८३

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औं संस्करण बुधबारदेखि काठमाडौंमा सुरू हुँदैछ ।

ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा आयोजित ५ दिने महोत्सवमा २९ देशका ५० भन्दा बढी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक फिल्महरू प्रदर्शन हुँदैछन् । यस वर्षको महोत्सव भारतकी निर्देशक त्रिवेणी राई निर्देशित पुरस्कारप्राप्त फिल्म ’छोरा जस्तै’ (सेप अफ मोमो)को नेपाल प्रिमियरबाट उद्घाटन हुन लागेको हो । 

फिल्मले सहर छोडेर गाउँ फर्किएकी एक पात्रको आत्मपहिचान र परम्पराबीचको द्वन्द्वलाई चित्रण गर्छ । महोत्सव अन्तर्गत ’नेपाल पानोरमा’ खण्डमा नेपाली समाज र समकालीन जीवनलाई उजागर गर्ने फिल्महरू पनि समावेश गरिएका छन् । 

महोत्सव निर्देशक रम्यता लिम्बूका अनुसार यस वर्षको किम्फले मनोरञ्जनसँगै सामाजिक विषयमा गम्भीर संवादलाई पनि प्राथमिकता दिएको छ। उनका अनुसार चयन गरिएका फिल्म तथा कार्यक्रमहरूले नेपाली समाजलाई असर गरिरहेका समसामयिक विषयमाथि बहस सिर्जना गर्ने विश्वास गरिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार