आइतवार, श्रावण २४ गते २०८३

सन्जु मोक्तानको पहिलो गीत ‘माया कुरा सुनिदेउ’ सार्वजनिक 

बिहिवार , भाद्र ३१, २०७८

काठमाडौं । भ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउन्ड बाट निकै  चर्चा बटुल्न सफल भएकी  स्वर,सुन्दरी पप गायिका सन्जु मोक्तानको पहिलो गीत ‘माया कुरा सुनिदेउ’ सार्वजनिक भएको छ। उक्त भाद्र ३१ गते अर्थात् सेप्टेम्बर १६ सर्जक ध्रुव प्रसाद अमगाईको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

केहि समयअघि किरण गज्मेर र अस्मिता अधिकारी को स्वरमा आँखा आँखा जुधी गीतले निकै  राम्रो चर्चा कमाएकै बेला सर्जक/गीतकार ध्रुव प्रसाद अंम्गाईले एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका छन्।

उनी बिगत २०बर्ष देखि  प्रवासमा बस्दै आएका छ्न गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अंम्गाई समाजसेवी एवम खरो स्वभाव भएका स्पष्ट बक्ता समेत हुन्। अमगाईका तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छन्। हरेक बर्ष उनको गीतहरुले चर्चा कमाईरहेका उनको गीतहरु नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा , काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देसर आँखा आँखा जुदि उनका चर्चित गीतहरु हुन्।

उनले हरेक बर्ष उत्कृष्ट  गीटकारको बिधामा एवार्ड हात पारीहेका छन् र यो बर्षा गीतकार संघ नेपालले प्रदान गर्ने बर्ष गीत पुरस्कार मा उत्कट दस जना गीतकार भित्र तिमीलाई सन्देस गीत बाट नोमिनेसनमा परिसकेका छन्। 

यो मायाकुरा सुनिदेउ गीतमा शब्द उनै अंम्गाईको हो भने कल्याण सिहको सङ्गीत विषम आचार्यको एरेन्जमा सन्जु मोक्तान, सन्तोस बानियाँको अभिनय  छ भने सोनाम पाख्रीनले निर्देश गरेका छन्। क्यामरा म्यान बुध्द  थापा र भिडियो ईडिट बिकास दाहालले गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार