आइतवार, श्रावण २४ गते २०८३

नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाईपछि हर्क साम्पाङले भने –हुतिहारा

आइतवार , जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा पनि नेपालले मिचेको अभिव्यक्ति संसदमा दिएपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ ।  आइतबार संसद वैठकमा अनुपस्थित रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समेत प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको आलोचना गरेका छन् ।  

लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर आफूहरुको प्रश्नको जवाफ दिनुपर्ने माग गरिरहेका उनी आजै अनुपस्थित हुन पुगेका हुन् । आज प्रधानमन्त्री आउने भन्ने पूर्वजानकारी पनि थिएन ।

सामाजिक सञ्जालबाट साम्पाङले छोटो टिप्पणी गर्दै प्रधानमन्त्रीलाई ‘हुतिहारा’ संज्ञा दिएका छन् । उनले लेखेका छन्, ‘प्रमले त नेपालले भारतको भूमि मिचेको रैछ भनेको । हुतिहारा ।’

Capture-1.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार