आइतवार, श्रावण २४ गते २०८३

संसदमा भएको अमार्यादित र आपत्तिजनक व्यवहारको छानबिन गर्न समिति गठन

सोमवार , जेठ १८, २०८३

 काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठककले संसदको  आइतबारको   बैठकमा सांसद सदस्यले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको  भन्दै तीन सदस्य छानबिन समिति गठन गरेको  छ ।
 
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गर्नुभएको हो । उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउनु भनिएको छ ।
 
 प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदले  अमार्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षतिसमेत पु¥याउने काम गरेको सभामुखले जानकारी गराउनुभयो ।
 
  प्रतिपक्षले आजपनि  सदन अवरुद्ध गरेपछि सोमबारका  लागि तय भएका बैठकको कार्यसूचीका विषयहरु हटाइएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १९ गते १ बजे बस्नेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार