आइतवार, श्रावण २४ गते २०८३

अभिनेत्री प्रियंका चोपडाले के गरिन् त्यस्तो ? जसका लागी सार्वजनिक रुपमा माफी माग्नुपर्यो!

शुक्रवार , आश्विन १, २०७८

काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडाले उनको तिव्र रुपमा आलोचना भएपछि माफी माग्नु परेको छ। खासमा उनि हाल रियलिटी शो द एक्टिभिस्टका लागी वयस्ता छिन्। प्रियंकाले उक्त शो पप स्टार अशर र जूलियन होफसंग मिलेर सन्चालन गर्न लागेकी छिन्। तर शो शुरु हुनु अगाडि नै शो संगै प्रियंकाको विरुद्धमा आलोचना भएपछि उनले माफी माग्नु परेको हो।

प्रियंका एक फरक खालको शो लिएर आउन लागेकी थिइन्। उनको उद्देश्य भिन्दा भिन्दै गतिविधिलाई एकअर्का विरुद्ध उभ्याउनु हो, जसपछि उनीहरुले आफ्नो सामाजिक कार्यलाई प्रमोट गर्न सकून्। उक्त शोमा ६ जना प्रतियोगिले भाग लिन्छन् र समुहमा एक अर्कासंग लड्ने छन्।

यी सबैलाई सक्सेस रेट अनलाइन इन्गेजमेन्टको माध्यमबाट नापिनेछ। यद्यपि एक्टिभिज्मलाई पैसाका लागि यति धेरै तुच्छ बनाएको भन्दै सामाजिक सन्जालमा यसको आलोचना भएपछि उनले माफी माग्नु परेको हो। शोका कारण यनका प्रशंसकहरुसंगै विभिन्न कलाकारले समेत सुनाउन थालेका छन्।

बढ्दो विवादका कारण प्रियंकाले शोमा सहभागि नहुने भन्दै माफी मागेकी छिन्। प्रियंकाले सामाजिक सन्जालमा एउटा पोस्ट गर्दै भनेकी छिन्, "शो गलत भएकोमा मलाई खेद छ। मैले यो शोमा सहभागि भएर धेरै मानिसलाई निराश बनाएको छु।"

उनले शो मार्फत आफुले कसैको भावनामा चोट पुर्याउन नचाहेको बताएकी छन् । शो मार्फत मानिसहरुको ध्यान आकर्षण गर्नु मात्रे आफ्नो उद्देश्य रहेको उनले उल्लेख गरेकी छन्। साथै उनले सबैको काम उत्तिनै महत्वपूर्ण हुने भन्दै सबै सम्मानको पात्र हुने आफलाई लाग्ने स्पष्ट पारेकी छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार