काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाको गाडी चोरी भएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने गरेको स्कर्पियो गाडी मध्यराति ठेचोबाट चोरी भएको नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार विभिन्न प्राविधिक पक्षको विश्लेषण गरेर हराएको गाडीको खोजी भइरहेको जानकारी दिए ।
सीसीटीभी फुटेजमा एक व्यक्तिले गाडी कुदाएर लगेको देखिएपछि प्रहरीले सवारी चालकसँग समेत सोधपुछ गरेको छ ।