सोमवार, श्रावण २५ गते २०८३

राज्य व्यवस्था समितिको बैठक बस्दै

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ। सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न उपसमिति गठनदेखि स्थलगत अनुगमनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा समितिको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन तीनवटा उपसमिति गठन गर्ने विषयमा पनि छलफल हुने कार्यसूचीमा तय गरिएको छ ।

बैठकले समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति तथा समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय र निकायहरूको कामकारबाही अध्ययन एवं निगरानी उपसमिति गठन गर्ने विषयमा छलफल गर्नेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार