सोमवार, श्रावण २५ गते २०८३

पूर्व गृहमन्त्री गुरुङमाथिको छानबिन समितिले बुझायो प्रतिवेदन

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । हिरासतमा रहेका व्यवसायी दिपक भट्टसँग व्यापारीक साँभेदारी रहेको विषयमा तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।


समितिले प्रधानमन्त्री बालेन्द्र शाहलाई शुक्रबार प्रतिवेदन बुझाएको हो । यस विषयमा छानबिन गर्न सरकारले पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा समिति बनाएको थियो ।

भण्डारीले छानबिनको प्रक्रिया सकेर प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको बताए । समितिले गुरुङसँग बयानसमेत लिएर ४५ पृष्ठको प्रतिवेदन तयार पारेको छ । 

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार