सोमवार, श्रावण २५ गते २०८३

ब्रेन स्ट्रोकका यस्ता लक्षण, जुन १० वर्ष अगाडी नै देखिन्छन् !

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं– ब्रेन स्ट्रोकको खतरा नहोस् भन्ने चाहनु हुन्छ भने यसका लक्षणहरुमा ध्यान दिनु अवाश्यक छ ।
एउटा नयाँ सर्वेक्षणका अनुसार ब्रेन स्ट्रोक हुँदा १० बर्ष पहिला नै यसको लक्षण देखिन थाल्छ ।

जस्तै स्मरणशक्ति घट्न थाल्छ भने दिनहुँ काम गर्ने क्षमता कम हुन थाल्छ । नेदरल्याण्ड्सको एरेसमयस यूनिभर्सिटीका वैज्ञानिकले २८ वर्षसम्म गरेको सर्वेक्षणपछि यस्तो दावी गरेका हुन् ।

वैज्ञानिकका अनुसार सर्वेक्षणमा १४ हजार ७ सय १२ जना मानिसलाई समावेश गरिएको थियो । २८ वर्षसम्म ती मानिसहरुलाई ध्यान दिइयो । उनीहरुको शारीरिक र मानसिक परीक्षण गरिनुको साथै उनीहरुको स्मरण शक्तिको पनि परीक्षण गरिएको थियो ।

त्यसबाहेक दिनहुँको काम जस्तै बैंकिङ, लुगा धुने, खाना बनाउने लगायत सम्पूर्ण कुराहरु नियाल्ने काम गरिएको थियो ।

२८ वर्षमा जो १६६२ जना मानिसमा पहिलो पटक ब्रेन स्ट्रोक भएको थियो, उनीहरुको औसत उमेर ८० वर्ष थियो । सर्वेक्षणमा जुन महिला कम लेखपढ गरेकी थिइन् र जसमा एल्जाइमरमा सम्बन्धित जीन थियो, उनीहरुमा स्ट्रोकको खतरा धेरै थियो ।

जसलाई स्ट्रोक भएको थियो, ती मध्ये ६० प्रतिशत महिला नै थिए । विशेषज्ञका अनुसार स्मरणशक्ति कम हुनु र काम गर्ने क्षमता कम हुनुको साथै दिमागको नशा सम्बन्धि समस्या, दिमागी समस्या र सुजन भयो भने पनि सावधान हुनु आवश्यक छ ।

यसले स्ट्रोकको खतरा बढाउँछ । ब्रेन स्ट्रोकको समस्या तब देखिन्छ, जब दिमागसम्म रगत पुरÞ्याउने धमनी ड्यामेज हुन्छ ।
अथवा यसमा ब्लकेज हुनाले दिमागसम्म रगत पुग्न पाउँदैन । यस्तो हुँदा दिमागसम्म रगत र अक्सीजन पुग्न पाउँदैन ।

यी पाँच कुराले स्ट्रोकको खतरा कम हुन्छ
बीपी नियन्त्रणमा राख्नु पर्छ ! यदि तपाईंको परिवारका सदस्य स्ट्रोकको समस्याको सामना गरिसक्नु भएको छ भने सावधान हुन आवश्यक छ । यस्ता समस्या तपाईं र आउने पिँढीलाई पनि देखिन सक्छ ।

विशेषगरी ब्लड प्रेशरलाई नियन्त्रणमा राख्नु पर्छ । एउटा अध्ययन अनुसार वृद्धाहरुमा स्ट्रोकको समस्या धेरै देखिन्छ । त्यसैले आफ्नो खानपानमा धेरै ध्यान दिनु पर्छ ।

निम्न रोगले बढाउँछ खतरा
हाई कोलेस्ट्रोल,मुटु सम्बन्धि समस्या र मधुमेहका विरामीमा स्ट्रोकको आशंका धेरै हुन्छ । त्यसैले ब्लड शुगर र ब्लड प्रेशर नियन्त्रणमा राख्नु पर्छ । मोटोपन बढ्न दिनु हुँदैन ।

खानपान कस्तो हुनुपर्छ ?
खानपानमा तरकारी र गुलियो कम हुने फलफुल समावेश गर्नु पर्छ । हरियो तरकारी र फलफुलले केवल स्ट्रोक मात्र नभएर मुटु सम्बन्धि समस्या पनि कम गर्छ भन्ने सर्वेक्षणमा प्रमाणित भइसकेको छ ।

सूर्तिजन्य पदार्थ जस्तै सूर्ति, खैनि, चुरोटबाट टाढा रहनु पर्छ । यसले ब्रेन स्ट्रोक मात्र नभएर मुटु, फोक्सो र प्यान्क्रियाज सम्बन्धि समस्या बढाउन सहयोग गर्छ । यो क्यान्सरको कराक पनि बन्छ । सूर्तिजन्य पदार्थसंगै अलकोहलबाट पनि टाढा रहनु पर्छ ।

यदि यस्ता लक्षण देखिन थालेको छ भने समयमा नै जीवनशैलीमा परिवर्तन गरेर, औषधि सेवन गरेर अथवा खानपानमा सुधार गरेर स्ट्रोकका खतरा घटाउन सकिन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार