काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको अध्यक्षमा राजन अर्याल विजयी भएका छन् । अर्यालले एक सय ९२ मत ल्याए ।
उनका प्रतिस्पर्धी सूर्यमणि पाठकले ९२ मत ल्याए । त्यसैगरि अध्यक्षमै प्रतिस्पर्धा गरेका रामकुमार थपलियाले भने ६३ मत मात्रै ल्याए ।
उपसभापति पदमा दुइ सय १६ मतका साथ श्रवण त्रिपाठी विजयी भएका छन् । उनका प्रतिस्पर्धी लिला श्रेष्ठले ७७ मत मात्रै ल्याए । सचिव पदमा एक सय ६२ मतका साथ राम भण्डारी विजयी भएका छन् ।
सचिव पदका अन्य प्रतिस्पर्धीहरु कल्पना श्रेष्ठले ८० मत र विदुर अधिकारीले ५८ मत ल्याएका थिए । सहसचिव पदमा १६० मत प्राप्त गर्दै श्रीराम आचार्य विजयी भएका छन् । प्रतिस्पर्धी राजेन्द्र कडेलले १२७ मत ल्याए ।
अधिवेशनले जिल्ला कार्य समितिको सदस्यहरूमा उषा कार्की, रामकृष्ण परियार, सुन्दर अधिकारी र मदन भण्डारीलगायतलाई निर्वाचित गरेको छ।
रास्वपा क्षेत्र नम्बर १ को संयोजकमा रामजी प्रसाद पाठक, सह-संयोजकमा अमृता केसी र सचिवमा प्रवेश धरेल निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ को संयोजकमा राजेन्द्र अधिकारी, सह-संयोजकमा ओम प्रसाद काराखेती र सचिवमा माधवराज अधिकारी निर्वाचित भएका छन् ।
नव निर्वाचित सभापति अर्यालले आफूलाई विश्वास गरेर मत दिएका सम्पर्ण प्रतिनिधिलाई धन्यवाद व्यक्त गरे ।