आइतवार, श्रावण २४ गते २०८३

भारत भ्रमणबाट फर्के परराष्ट्रमन्त्री खनाल, विमानस्थलमा सञ्चारकर्मीसँग भने– भ्रमण निकै फलदायी

आइतवार , जेठ २४, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्केका छन् । उनी भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा जेठ २२ गते भारत गएका थिए । 

भ्रमण सकेर आइतबार स्वदेश फर्केका खनालले सञ्चारकर्मीसँग आफ्नो भ्रमण निकै फलदायी रहेको दाबी गरे । भ्रमणको क्रममा दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको उनले बताए ।

–दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल भारत दुईपक्षीय सम्बन्धका सम्पूर्ण पक्षमा व्यापक तथा उपलब्धिमूलक छलफल भयो ।

–वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटि, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, खेलकुद लगायत जनस्तरीय सम्बन्ध अभिवृद्धि लगायतका विषयमा ठोस छलफल भयो ।

–दुवै पक्षमा दुईपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छौं ।

–क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा समेत विचार आदनप्रदान गरियो ।

–दुईपक्षीय परियोजना तथा सहकार्यका पहलहरूको प्रगतिको समीक्षा गर्नुको साथै तीनलाई थप प्रभावकारी बनाउने उपायबारे महत्वपूर्ण छलफल गर्‍यौं ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार