आइतवार, श्रावण २४ गते २०८३

फिलिपिन्समा भूकम्प, धेरै घरहरु भत्किए, एकजनाको मृत्यु

सोमवार , जेठ २५, २०८३

काठमाडौं । फिलिपिन्समा सोमबार बिहान गएको शक्तिशाली भूकम्पले धेरै घरहरु भत्किएका छन् । प्रारम्भिक विवरण अनुसार भूकम्पमा परेर कम्तिमा एक जनाको मृत्यु भएको छ र केही घाइते भएका छन् । उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

भूकम्पपछि धेरै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।

फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओमा टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ७ं :३७ बजे ९नेपाली समय अनुसार बिहान ५:२२ बजे० भूकम्प गएको हो ।

भूकम्पको वास्तविक तीव्रता र गहिराइबारे विभिन्न निकायले फरक फरक विवरण सार्वजनिक गरेका छन् । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार