काठमाडौँ । नेपाल कमयुनिष्ट पार्टी (एमाले) पुनर्गगठन कार्यदलको पहिलो बैठक मंगलबार बस्ने भएको छ । बैठक एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलम बस्ने एमाले सचिव तथा कार्यदल सदस्य छविलाल विश्वकर्माले जानकारी दिए । न
गत जेठ १० गते सचिवालयको आठौँ बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वको कार्यदल १५ सदस्यीय रहेको छ ।
कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय सीमा तोकिएको छ । तर कार्यदल गठन भएको १५ दिनपछि पहिलो बैठक बस्न लागेको हो ।