आइतवार, श्रावण २४ गते २०८३

वीरगञ्जका मेयर सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार , जेठ २५, २०८३

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा आयोगले सिंह सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अख्तियारले वीरगञ्ज महानगरपालिकाका मेयर सिंह र सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराई अनि जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल विरुद्ध मुद्दा चलाएको हो ।

महानगरपालिकाका मेयरविरुद्ध अख्तियारले मुद्दा चलाएको यो पहिलो घटना हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार