काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्री नियुक्त हुन लागेका छन् । प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
पुनले आफूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीमा नियुक्त गर्न लागिएको बारेमा जानकारी नआएको तर जानकारी आएमा सोंच्ने बताएका छन् ।
आफू अहिले संसद बैठकको लागि सिंह दरबार गइरहेको पुनले शैलीन्युजलाई बताए । यसअघि सुशीला कार्की नेतृत्वका अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका पुन म्याग्दीबाट स्वतन्त्र रुपमा सांसद जितेका थिए ।