काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा आवेदन दिएकामध्ये नौ जनाको नाम संक्षिप्त सूचिमा समावेश गरिएको छ । उक्त विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले नौ जनाको नाम सार्वजनिक गरेको हो ।
समितिको सिफारिसम शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको व्यक्तिहरुमा ऋषिराम रेग्मी, गुरुप्रसाद सुवेदी, जयन्त आचार्य, देवमणि भट्टराई, कार्तिकेय झा, सालिग्राम सुवेदी, भीमप्रसाद खतिवडा, रमेश घिमिरे र मुकुन्दप्रसाद लामिछाने छन् ।
संक्षिप्त सूचिमा परेकाहरुको प्रस्तुति र अन्तर्वाताको आधारमा सिफारिस समितिले तीन जनाको नाम उपकुलपतिमा नियुक्तिको लागि कुलपति समेत रहेका प्रधानमन्त्री समक्ष पेश गर्नेछ । प्रधानमन्त्रीले एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन् ।