काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा मन्त्रीद्धयलाई पद तथा गोपनियताको शपथ गराइएको हो ।
गुरुङ यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । तर विवादास्पद व्यापारी दिपक भट्टसँग साँझेदारी गरेको आरोप लागेपछि उनले राजीनामा दिएका थिए ।
उनीमाथि लागेको आरोपबारे छानबिन समिति नै बनाएर सरकारले छानबिन गरेको थियो । तर गुरुङको कैफिलयत नभेटिएको भन्दै छानबिन समितिले चोख्याएपछि गुरुङ फेरि गृहमन्त्री बनेका हुन् ।
पुनलाई भने सरकारले यसैपटक सिर्जना गरेको नयाँ मन्त्रालयको जिम्मेवारी दिएको हो ।