आइतवार, श्रावण २४ गते २०८३

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ११ बालबालिकासहित १३ जनाको मृत्यु

बुधवार , जेठ २७, २०८३


काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले जनाएको छ ।

मृत्यु हुनेहरूमा ११ जना बालबालिका, एक महिला र एक वृद्ध पुरुष रहेका छन् । आक्रमणमा कुनार, खोस्त र पक्तिका प्रान्तका आवासीय क्षेत्रहरूलाई निशाना बनाइएको थियो । अफगान सरकारले उक्त कारबाहीको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघन भनेको छ ।

अफगानिस्तान र पाकिस्तानबीच सीमावर्ती क्षेत्रमा तनाव पुनः चुलिएको छ । अफगान पक्षका अनुसार गएराति पाकिस्तानी सेनाका लडाकु विमानहरूले अफगानिस्तानको हवाई सीमा उल्लंघन गरेका थिए । पाकिस्तानी सेनाले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रहेका सर्वसाधारणका घरहरूलाई लक्षित गरी बमबारी गरेको आरोप अफगानिस्तानले लगाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार